वि.सं:
नेपाल संवत: ११४६ थिंलागा त्रयोदशी - २८
आज मिति २०८२ मङ्सिर १९ गते रामपुर अस्पतालको ओसीएमसी टोलीद्वारा ओसीएमसी सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा “DIGITAL VIOLENCE AGAINST ALL WOMEN & GIRLS! लैङ्गिक प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरियो।
कार्यक्रममार्फत डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा, यसको प्रभाव, रोकथामका उपाय, तथा सुरक्षित प्रविधि प्रयोग सम्बन्धी व्यवहारिक जानकारी सहभागीहरूलाई प्रदान गरिएको थियो। सहभागीहरूको सक्रिय सहभागिता, सरोकारवालाको सहकार्य, र अस्पताल व्यवस्थापनको नेतृत्वले कार्यक्रमलाई अझ प्रभावकारी र उद्देश्यपूर्ण बनायो।