न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन”

न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन”

रामपुर अस्पतालमा आयोजित “न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन” प्रस्तुतिकरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्यु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।कार्यक्रमको अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष युवराज खनालज्यूले गर्नुभएको थियो।

कार्यक्रम अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशबाट आएको अनुगमन टोलीले अस्पतालमा प्रदान भइरहेका सेवाहरूको गुणस्तर, संरचना, स्रोत–साधन तथा सेवा मापदण्डको प्रत्यक्ष मूल्यांकन गर्यो। अनुगमनको क्रममा टोलीले अस्पताल सेवा प्रवाहमा देखिएका सुदृढ पक्ष तथा अझ सुदृढ पार्नुपर्ने क्षेत्रहरूमा सुझाव पनि राख्नुभयाे।

माननीय सभापति श्रेष्ठज्यूले अस्पतालले समुदायका लागि प्रदान गरिरहेको समर्पित सेवाप्रति प्रसंसा व्यक्त गर्दै सेवा गुणस्तर उन्नयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग र नीतिगत समर्थन निरन्तर प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो।

रामपुर अस्पताल परिवारले अनुगमन टोली तथा माननीय सभापतिज्यू र अतिथिहरूकाे सक्रिय सहभागिताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समुदाय–केन्द्रित, गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्दछ।