आ.व. २०८३/०८४ को वार्षिक समीक्षा कार्यक्रम

Government of Nepal

आज मिति २०८३/०५/१५ गते, सोमबार यस रामपुर अस्पताल, पाल्पाको आ.व. २०८२/०८३ मा सम्पादित विभिन्न स्वास्थ्य सेवा, प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अस्पतालबाट वर्षभरि सम्पादित कार्यहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने विषयमा समीक्षा तथा छलफल गरिएको थियो।

समीक्षा कार्यक्रमले अस्पतालको समग्र सेवा प्रवाहमा भएका उपलब्धिहरूको मूल्याङ्कन गर्दै आगामी कार्ययोजनालाई थप व्यवस्थित र परिणाममुखी बनाउन महत्वपूर्ण आधार प्रदान गरेको छ।