लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय रामजी प्रसाद घिमिरेज्यू, लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठज्यू, रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमण बहादुर थापाज्यू तथा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमती दुर्गा लक्ष्मी श्रेष्ठज्यूबाट यस रामपुर अस्पतालको निरीक्षण तथा अनुगमन

Government of Nepal

आज मिति २०८३/०४/१४ गते लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय रामजी प्रसाद घिमिरेज्यू, लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठज्यू, रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमण बहादुर थापाज्यू तथा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमती दुर्गा लक्ष्मी श्रेष्ठज्यूबाट यस रामपुर अस्पतालको निरीक्षण तथा अनुगमनका क्रममा अस्पतालमा हार्दिक स्वागत तथा सम्मान गर्ने सुअवसर प्राप्त भयो।

उहाँहरूबाट अस्पतालको सेवा प्रवाह, पूर्वाधार, जनशक्ति तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा आवश्यक सुझाव, मार्गदर्शन र रचनात्मक परामर्श प्राप्त भएको छ। यस सम्माननीय भ्रमणले अस्पतालको सेवा सुधार तथा संस्थागत विकासप्रति थप प्रेरणा र प्रतिबद्धता प्रदान गरेको छ।

माननीय अतिथिहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौँ।nullnullnullnullnull